नयाँ राहदानी वा राहदानी नविकरणका लागि अनलाइन आवेदन गर्दा आफ्नो कम्प्युटरको Time Zone UTC+ 5:45 (नेपाली समय) मा राख्नुहोस्।
विद्युतीय राहदानी (e-Passport)
नेपाली राजदूतावास, ओटावाबाट यस अघि जारी हुँदै आएको यन्त्रवाचक राहदानी (MRP) लाई प्रतिस्थापन गर्दै यही मिति २०७९ वैशाख ६ गते (तदनुसार अप्रिल १९, २०२२) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु भएको छ ।
विद्युतीय राहदानी आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिकाः
- आफू रहे-बसेको स्थानबाट कम्प्युटरमार्फत् प्रि-इनरोलमेन्ट गर्न सकिने।
- राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np/ लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
- पहिलो पटक राहदानी लिन (First Issuance)
- म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)
- हराएको/चोरिएको राहदानीको सट्टामा (Replacement- Lost/Stolen)
- बिग्रेको राहदानीको सट्टामा (Replacement-Damaged)
- त्यसपछि Ordinary 34 pages / Ordinary 66 pages अप्सन मध्येमा आफूलाई जुन चाहिने हो सो अप्सन क्लिक गर्ने ।
- त्यस पश्चात् उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरू भर्ने। हाललाई क्यानडामा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं. राख्नु नपर्ने।
- तत् पश्चात् आफ्नो नागरिकता प्रमाणपत्रको अगाडि-पछाडि दुबै पेज, हालको राहदानीको फ्रन्ट (फोटो तथा व्यक्तिगत विवरण भएको पेज २ र ३) र ब्याक पेज (पेज ३0 र ३१) तथा अन्य सान्दर्भिक कागजातहरू छुट्टाछुट्टै स्कयान गरी अपलोड गर्ने ।
- त्यस पश्चात् Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Ottawa अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।
- तत् पश्चात् फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने। बुंकिग गरेको मिति र समयमा राजदूतावासमा Live Enrollment का लागि निवेदक स्वयं यो फाराम लिएर आउनुपर्नेछ ।
प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरू:
- नागरिकता प्रमाणपत्रको पहिलो र दोश्रो पेज छुट्टाछुट्टै ।
- हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज २ र ३) तथा ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै ।
- हालको राहदानी हराएकाको हकमा प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन।
- नाबालकको हकमा राहदानी नवीकरणका लागि आवेदन गर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नाबालक परियचपत्र तथा बुबा-आमाको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र।
बुकिंग गरेको मिति र समयमा Live Enrollment का लागि राजदूतावास आउँदा ल्याउनुपर्ने कागजातहरू:
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल वा नोटोराइज्ड प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।
- हालको राहदानी हराएकाको हकमा प्रहरी प्रतिवेदन।
- नाबालकको हकमा नाबालक परियचपत्र तथा बुबा-आमाको नागरिकताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाणपत्र।
- tracking number सहितको prepaid self-addressed express return envelope।
- राहदानी शुल्क बापतको रकम डेबिट कार्डद्वारा भुक्तानी गर्न सकिने अथवा Embassy of Nepal, Ottawa को नामको Money Order/ Bank Draft पेश गर्न सकिने।
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल तथा प्रतिलिपि।
राहदानी शुल्कः
क्र.सं. | राहदानीको प्रकार | शुल्क |
१ | साधारण राहदानी (३४ पृष्ठ) | क्या.ड. २२०।– (३४ पृष्ठ), क्या.ड. २९५।–(६६ पृष्ठ) |
२ | हराएको/चोरिएको/बिग्रेको राहदानीको सट्टामा नयाँ राहदानी | क्या.ड. ३३०।–(३४ पृष्ठ), क्या.ड. ४४५।–(६६ पृष्ठ) |
३ | १० वर्षभन्दा कम उमेरका नाबालकको साधारण राहदानी | क्या.ड. ११०।–(३४ पृष्ठ), क्या.ड. १५०।–(६६ पृष्ठ) |
४ | १० वर्षभन्दा कम उमेरका नाबालकको हराएको/चोरिएको/विग्रेको राहदानीको सट्टामा नयाँ राहदानी | क्या.ड. १६५।–(३४ पृष्ठ), क्या.ड. २२५।–(६६ पृष्ठ) |
५ | एकतर्फी यात्रा अनुमति पत्र | क्या.ड. ७५।– |
राहदानी वितरणः
- विद्युतीय राहदानी (e-Passport) आवेदन गरेको मितिदेखि साधारणतया २-३ महिनाभित्र वितरण गरिनेछ।
- राहदानी विभागबाट राहदानी प्राप्त भएपछि prepaid self-addressed express return envelope बुझाउनुहुने आवेदकहरूलाई सो envelope मार्फत् राहदानी पठाइनेछ।
अन्य महत्वपूर्ण जानकारीः
- Live enrollment गरिने भएकोले राहदानी नवीकरणका लागि फोटो ल्याउनु नपर्ने।
- विद्युतीय राहदानी (e-Passport) आवेदनका लागि प्रि-इनरोलमेन्ट फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आँउदा तोकिएको मिति र समयमा मात्र आउनुपर्ने। पूर्वनिर्धारित मिति र समय (appointment) बिना राहदानी नवीकरणका लागि राजदूतावासमा आउने सेवाग्राहीहरूको आवेदन उपर कारबाही नहुने।
- हाल प्रचलनमा रहेको यन्त्रवाचक राहदानी (MRP) को म्याद रहेसम्म प्रयोग गर्न सकिने हुनाले बहाल अवधि रहँदा सम्म विद्युतीय राहदानी (e-Passport) को लागि आवेदन दिनु नपर्ने ।
- पुरानो राहदानीको पाना सकिएको, म्याद सकिएको वा म्याद सकिन ६ महिना बाँकी रहँदा मात्र राहदानी नवीकरणका लागि आवेदन गर्न सकिने। यदि म्याद सकिन ६ महिना भन्दा बढी अवधि बाँकी रहँदै नवीकरण गर्नुपरेमा अध्ययनरत संस्थाको सिफारिस पत्र वा वर्क-पर्मिटको प्रकृया सम्बन्धी कागजात पेश गर्नुपर्ने।
- विद्युतीय राहदानी (e-Passport) का बारेमा थप जानकारी आवश्यक परेमा राहदानी बिभागको वेबसाईट https://nepalpassport.gov.np/ र https://emrtds.nepalpassport.gov.np/, यस राजदूतावासको वेबसाईट र फेसबुक पेजमा राखिने सूचनाहरू हेर्दै गर्नुहोला ।