राहदानी
नेपाली राजदूतावास, ओटावाबाट यस अघि जारी हुँदै आएको यन्त्रवाचक राहदानी (MRP) लाई प्रतिस्थापन गर्दै यही मिति २०७९ वैशाख ६ गते (तद्नुसार अप्रिल १९, २०२२) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु गरेको छ।
***नयाँ राहदानी वा राहदानी नविकरणका लागि अनलाइन आवेदन गर्दा आफ्नो कम्प्युटरको Time Zone UTC+ 5:45 (नेपाली समय) मा राख्नुहोस्।***
विद्युतीय राहदानी आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिकाः
- आफू रहे-बसेको स्थानबाट कम्प्युटरमार्फत् प्रि-इनरोलमेन्ट गर्न सकिने।
- राहदानी विभागको वेबसाइटमा उपलब्ध वा Portal: Home लिंकमा प्रवेश गरी देहायमध्ये खाता बिना आवेदन दिनुहोस छान्ने । (खाता दर्ता गर्न राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने।)
- देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
- पहिलो पटक राहदानी लिन (First Issuance)
- म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)
- हराएको/चोरिएको राहदानीको सट्टामा (Replacement- Lost/Stolen)
- बिग्रेको राहदानीको सट्टामा (Replacement-Damaged)
- हालको राहदानीमा विवरण गलत भई नयाँ राहदानीका लागि आवेदन गर्न [Modification(Data Correction)]
- त्यसपछि Ordinary 34 pages अप्सन क्लिक गरी next मा क्लिक गर्ने। । (हाल ordinary 66 pages उपलब्ध नरहेको।)
- Data Privacy consent मा agree गर्ने।
- त्यस पश्चात् Book Your Appointment मा प्रवेश गरेर Appointment Country मा Other अप्सन क्लिक गरी Appoitment Location मा NE, Ottawa अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।
- त्यस पश्चात् उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न पाँच उपशीर्षकमा रहेका विवरणहरू भर्ने। हाललाई क्यानडामा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं. राख्नु नपर्ने। (तपाइको नामको बिचमा प्रसाद, कुमार, बहादुर, राज जस्ता कुनै middle name रहेको भए त्यसलाई first name को खण्डमा नै लेख्नुहोस्। उदाहरणको लागि तपाइको नाम राम प्रसाद सापकोटा हो भने राम प्रसाद First Name को खण्डमा र सापकोटा surname को खण्डमा लेख्नुहोस्।)
- ठेगाना खण्डमा Street Name को ठाउँमा टोलको नाम राख्ने। Proxy Name सम्बन्धी विवरण खाली छाड्ने।
- तत् पश्चात् आफ्नो नागरिकता प्रमाणपत्रको अगाडि-पछाडि दुबै पेज, हालको राहदानीको फ्रन्ट (फोटो तथा व्यक्तिगत विवरण भएको पेज २ र ३) र ब्याक पेज (पेज ३0 र ३१) तथा अन्य सान्दर्भिक कागजातहरू छुट्टाछुट्टै रंगीन स्क्यान गरी अपलोड गर्ने । (नाबालक आवेदकको हकमा नाबालक परिचयपत्र, जन्मदर्ता, र राहदानीका साथै बुवा-आमाको नागरिकता, राहदानी र विवाहदर्ता रंगीन स्क्यान गरी अपलोड गर्ने।)
- तत् पश्चात् फाराम Save गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने। बुंकिग गरेको मिति र समयमा राजदूतावासमा Live Enrollment का लागि निवेदक स्वयं यो फाराम लिएर आउनुपर्नेछ ।
राहदानी विभागको वेवसाइटमा राखिएको फारम भर्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस।
बुकिंग गरेको मिति र समयमा Live Enrollment का लागि राजदूतावास आउँदा ल्याउनुपर्ने कागजातहरू:
१. राहदानी नवीकरणका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।
- tracking number सहितको prepaid self-addressed express return envelope।
२. हराएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि।
- पुरानो राहदानीको प्रतिलिपि।
- राहदानी हराएका सम्बन्धी प्रहरी प्रतिवेदन।
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि। (क्यानडाको status paper)
- tracking number सहितको prepaid self-addressed express return envelope।
३. च्यातिएको, ब्रिगेको वा केरमेट भएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल र प्रतिलिपि। (ब्रिगिएको राहदानी अनिवार्य ल्याउनुपर्ने)
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि। (क्यानडाको status paper)
- tracking number सहितको prepaid self-addressed express return envelope।
४. नाबालक (१६ वर्षभन्दा मुनिका) आवेदकको लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नाबालक परिचयपत्र र जन्मदर्ताको सक्कल तथा प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।
- नाबालकको बुवा-आमाको नागरिकता, राहदानी र विवाहदर्ताको सक्कल र प्रतिलिपी।
- tracking number सहितको prepaid self-addressed express return envelope।
राहदानी शुल्कः
| क्र.सं. | राहदानीको प्रकार | शुल्क (क्या. ड.) |
|---|---|---|
| १ | साधारण राहदानी (३४ पृष्ठ) | २२० |
| २ | हराएको/चोरिएको/बिग्रेको राहदानीको सट्टामा नयाँ राहदानी | ३३० |
| ३ | १० वर्षभन्दा कम उमेरका नाबालकको साधारण राहदानी | ११० |
| ४ | १० वर्षभन्दा कम उमेरका नाबालकको हराएको/चोरिएको/विग्रेको राहदानीको सट्टामा नयाँ राहदानी | १६५ |
नोटः राहदानी शुल्क बापतको रकम डेबिट कार्डद्वारा भुक्तानी गर्न सकिने अथवा Embassy of Nepal, Ottawa को नामको Money Order/ Bank Draft पेश गर्न सकिने।
राहदानी वितरणः
- विद्युतीय राहदानी (e-Passport) आवेदन गरेको मितिदेखि साधारणतया २-३ महिनाभित्र वितरण गरिनेछ।
- राहदानी विभागबाट राहदानी प्राप्त भएपछि prepaid self-addressed express return envelope बुझाउनुहुने आवेदकहरूलाई सो envelope मार्फत् राहदानी पठाइनेछ।
अन्य महत्वपूर्ण जानकारीः
- Live enrollment गरिने भएकोले राहदानी नवीकरणका लागि फोटो ल्याउनु नपर्ने।
- विद्युतीय राहदानी (e-Passport) आवेदनका लागि प्रि-इनरोलमेन्ट फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आँउदा तोकिएको मिति र समयमा मात्र आउनुपर्ने। पूर्वनिर्धारित मिति र समय (appointment) बिना राहदानी नवीकरणका लागि राजदूतावासमा आउने सेवाग्राहीहरूको आवेदन उपर कारबाही नहुने।
- हाल प्रचलनमा रहेको यन्त्रवाचक राहदानी (MRP) को म्याद रहेसम्म प्रयोग गर्न सकिने हुनाले बहाल अवधि रहँदा सम्म विद्युतीय राहदानी (e-Passport) को लागि आवेदन दिनु नपर्ने ।
- पुरानो राहदानीको पाना सकिएको, म्याद सकिएको वा म्याद सकिन १ वर्षभन्दा कम समय बाँकी रहँदा मात्र राहदानी नवीकरणका लागि आवेदन गर्न सकिने। १ वर्ष भन्दा बढी बाहल अवधि भएका राहदानी नवीकरण गर्न नमिल्ने।
विद्युतीय राहदानी (e-Passport) का बारेमा थप जानकारी आवश्यक परेमा राहदानी विभागको वेबसाईट https://nepalpassport.gov.np/ र https://emrtds.nepalpassport.gov.np/, यस राजदूतावासको वेबसाईट र फेसबुक पेजमा राखिने सूचनाहरू हेर्दै गर्नुहोला ।