राहदानी
नेपाली राजदूतावास, ओटावाबाट यस अघि जारी हुँदै आएको यन्त्रवाचक राहदानी (MRP) लाई प्रतिस्थापन गर्दै यही मिति २०७९ वैशाख ६ गते (तद्नुसार अप्रिल १९, २०२२) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु गरेको छ।
***नयाँ राहदानी वा राहदानी नविकरणका लागि अनलाइन आवेदन गर्दा आफ्नो कम्प्युटरको Time Zone UTC+ 5:45 (नेपाली समय) मा राख्नुहोस्।***
विद्युतीय राहदानी आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिकाः
- आफू रहे-बसेको स्थानबाट कम्प्युटरमार्फत् प्रि-इनरोलमेन्ट गर्न सकिने।
- राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np/ लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
- पहिलो पटक राहदानी लिन (First Issuance)
- म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)
- हराएको/चोरिएको राहदानीको सट्टामा (Replacement- Lost/Stolen)
- बिग्रेको राहदानीको सट्टामा (Replacement-Damaged)
- त्यसपछि Ordinary 34 pages अप्सन क्लिक गर्ने । (हाल ordinary 66 pages उपलब्ध नरहेको।)
- त्यस पश्चात् उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरू भर्ने। हाललाई क्यानडामा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं. राख्नु नपर्ने।
- तत् पश्चात् आफ्नो नागरिकता प्रमाणपत्रको अगाडि-पछाडि दुबै पेज, हालको राहदानीको फ्रन्ट (फोटो तथा व्यक्तिगत विवरण भएको पेज २ र ३) र ब्याक पेज (पेज ३0 र ३१) तथा अन्य सान्दर्भिक कागजातहरू छुट्टाछुट्टै रंगीन स्क्यान गरी अपलोड गर्ने । (नाबालक आवेदकको हकमा नाबालक परिचयपत्र, जन्मदर्ता, र राहदानीका साथै बुवा-आमाको नागरिकता, राहदानी र विवाहदर्ता रंगीन स्क्यान गरी अपलोड गर्ने।)
- त्यस पश्चात् Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Ottawa अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।
- तत् पश्चात् फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने। बुंकिग गरेको मिति र समयमा राजदूतावासमा Live Enrollment का लागि निवेदक स्वयं यो फाराम लिएर आउनुपर्नेछ ।
बुकिंग गरेको मिति र समयमा Live Enrollment का लागि राजदूतावास आउँदा ल्याउनुपर्ने कागजातहरू:
१. राहदानी नवीकरणका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।
- tracking number सहितको prepaid self-addressed express return envelope।
२. हराएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि।
- पुरानो राहदानीको प्रतिलिपि।
- राहदानी हराएका सम्बन्धी प्रहरी प्रतिवेदन।
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि। (क्यानडाको status paper)
- tracking number सहितको prepaid self-addressed express return envelope।
३. च्यातिएको, ब्रिगेको वा केरमेट भएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल र प्रतिलिपि। (ब्रिगिएको राहदानी अनिवार्य ल्याउनुपर्ने)
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि। (क्यानडाको status paper)
- tracking number सहितको prepaid self-addressed express return envelope।
४. नाबालक (१६ वर्षभन्दा मुनिका) आवेदकको लागिः
- रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट।
- नाबालक परिचयपत्र र जन्मदर्ताको सक्कल तथा प्रतिलिपि।
- पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।
- क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।
- नाबालकको बुवा-आमाको नागरिकता, राहदानी र विवाहदर्ताको सक्कल र प्रतिलिपी।
- tracking number सहितको prepaid self-addressed express return envelope।
राहदानी शुल्कः
| क्र.सं. |
राहदानीको प्रकार |
शुल्क (क्या. ड.) |
| १ |
साधारण राहदानी (३४ पृष्ठ) |
२२० |
| २ |
हराएको/चोरिएको/बिग्रेको राहदानीको सट्टामा नयाँ राहदानी |
३३० |
| ३ |
१० वर्षभन्दा कम उमेरका नाबालकको साधारण राहदानी |
११० |
| ४ |
१० वर्षभन्दा कम उमेरका नाबालकको हराएको/चोरिएको/विग्रेको राहदानीको सट्टामा नयाँ राहदानी |
१६५ |
नोटः राहदानी शुल्क बापतको रकम डेबिट कार्डद्वारा भुक्तानी गर्न सकिने अथवा Embassy of Nepal, Ottawa को नामको Money Order/ Bank Draft पेश गर्न सकिने।
राहदानी वितरणः
- विद्युतीय राहदानी (e-Passport) आवेदन गरेको मितिदेखि साधारणतया २-३ महिनाभित्र वितरण गरिनेछ।
- राहदानी विभागबाट राहदानी प्राप्त भएपछि prepaid self-addressed express return envelope बुझाउनुहुने आवेदकहरूलाई सो envelope मार्फत् राहदानी पठाइनेछ।
अन्य महत्वपूर्ण जानकारीः
- Live enrollment गरिने भएकोले राहदानी नवीकरणका लागि फोटो ल्याउनु नपर्ने।
- विद्युतीय राहदानी (e-Passport) आवेदनका लागि प्रि-इनरोलमेन्ट फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आँउदा तोकिएको मिति र समयमा मात्र आउनुपर्ने। पूर्वनिर्धारित मिति र समय (appointment) बिना राहदानी नवीकरणका लागि राजदूतावासमा आउने सेवाग्राहीहरूको आवेदन उपर कारबाही नहुने।
- हाल प्रचलनमा रहेको यन्त्रवाचक राहदानी (MRP) को म्याद रहेसम्म प्रयोग गर्न सकिने हुनाले बहाल अवधि रहँदा सम्म विद्युतीय राहदानी (e-Passport) को लागि आवेदन दिनु नपर्ने ।
- पुरानो राहदानीको पाना सकिएको, म्याद सकिएको वा म्याद सकिन १ वर्षभन्दा कम समय बाँकी रहँदा मात्र राहदानी नवीकरणका लागि आवेदन गर्न सकिने। १ वर्ष भन्दा बढी बाहल अवधि भएका राहदानी नवीकरण गर्न नमिल्ने।
विद्युतीय राहदानी (e-Passport) का बारेमा थप जानकारी आवश्यक परेमा राहदानी विभागको वेबसाईट https://nepalpassport.gov.np/ र https://emrtds.nepalpassport.gov.np/, यस राजदूतावासको वेबसाईट र फेसबुक पेजमा राखिने सूचनाहरू हेर्दै गर्नुहोला ।