NepalFlag

A.D.:

Nepal Samvat: 1146 CHILLAGA CHATURDASHI - 29

Citizen's Charter

नेपाली राजदूतावास, ओटावा, क्यानडा

नागरिक बडापत्र

क्र.सं.

सेवा

पेश गर्नुपर्ने कागजात

दस्तुर

क्या. ड.

समय

जिम्मेवार कर्मचारी

गुनासो सुन्ने

अधिकारी

कैफियत

1.

राहदानी

१. राहदानी नवीकरणका लागिः

  • रीत पूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट
  • नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
  • पुरानो राहदानीको सक्कल र प्रतिलिपि।
  • क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।(क्यानडाको status paper)
  • tracking number सहितको prepaid self-addressed express return envelope

२. हराएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः

  • रीत पूर्वक अनलाइन प्रि-इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट
  • नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
  • पुरानो राहदानीको प्रतिलिपि।
  • राहदानी हराएका सम्बन्धी प्रहरी प्रतिवेदन।
  • क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।(क्यानडाको status paper)
  • tracking number सहितको prepaid self-addressed express return envelope

३. च्यातिएको, ब्रिगेको वा केरमेट भएको राहदानीको सट्टा नयाँ राहदानी आवेदनका लागिः

  • रीत पूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट
  • नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि।
  • पुरानो राहदानीको सक्कल र प्रतिलिपि। (ब्रिगिएको राहदानी अनिवार्य ल्याउनुपर्ने)
  • क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि। (क्यानडाको status paper)
  • tracking number सहितको prepaid self-addressed express return envelope

4. नाबालक (१६ वर्षभन्दा मुनिका) आवेदकको लागिः

  • रीत पूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट तथा Application Follow-Up Barcode को प्रिन्ट
  • नाबालक परिचयपत्र र जन्म दर्ताको सक्कल र प्रतिलिपि।
  • पुरानो राहदानीको सक्कल र प्रतिलिपि।
  • क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।(क्यानडाको status paper)
  • नाबालकको बुवा-आमाको नागरिकता, राहदानी र विवाहदर्ताको सक्कल र प्रतिलिपि।
  • tracking number सहितको prepaid self-addressed express return envelope

नवीकरण

220

हराएको/बिग्रेको

330

नाबालक

110 (१० वर्ष भन्दा मुनिको हकमा)

नाबालकको हराएको वा बिग्रेको

165(१० वर्ष भन्दा मुनिको हकमा)

२-३ महिना

द्वितीय सचिव

श्री प्रेमप्रसाद बराल

सम्पर्क

3435724789

काउन्सेलर श्री नितेश सापकोटा

सम्पर्क

3435713225

2.

एकतर्फी

यात्रा अनुमतिपत्र

  • रीत पूर्वक भरिएको आवेदन फारम।
  • यात्रा अनुमतिपत्र किन आवश्यक रहेको भन्ने व्यहोरा स्पष्ट खुलेको निवेदन।
  • नेपाली नागरिकता र राहदानीको प्रतिलिपि।
  • राहदानी हराएका आवेदकहरूको हकमा राहदानी हराएको व्यहोराको प्रहरीबाट जारी गरिएको रिपोर्ट।
  • तीन प्रति पासपोर्ट साइजको फोटो।
  • आफ्नो ठेगाना लेखिएको फिर्ती खाम। (स्वयम् लिन आउने आवेदकको हकमा आवश्यक नहुने)

75

3-4 कार्य दिन

द्वितीय सचिव

श्री प्रेमप्रसाद बराल

सम्पर्क

3435724789

काउन्सेलर श्री नितेश सापकोटा

सम्पर्क

3435713225

3.

अधिकृत वारेसनामा

  • कानुन व्यवसायीले तयार पारेको तोकिएको ढाँचाको निवेदन,
  • सक्कल दुई प्रति नेपाली कागजमा प्रिन्ट गरेको अधिकृत वारेसनामाको कागज (वारेस लिने र साक्षीको सहीछाप गरिएको। वारेस दिनेले स्वयम् दूतावासमा उपस्थित भई सहीछाप गर्नुपर्ने।)
  • आवेदकको नेपाली नागरिकता र राहदानीको सक्कल र प्रतिलिपि,
  • हालसालै खिचिएको दुईप्रति फोटो।
  • जग्गाको हकमा लालपुर्जाको सक्कल र प्रतिलिपि तथा चालु वर्षको तिरो/राजस्व तिरेको रसिदको सक्कल र प्रतिलिपी,
  • अन्य सम्पति भए सो सम्पति आफ्नो नाममा भएको देखिने कागजातको सक्कल प्रतिलिपि, छोडपत्रको हकमा विवाह दर्ताको सक्कल र प्रतिलिपी।
  • वारेस लिने र साक्षीको नागरिकताको प्रमाणित प्रतिलिपि र कानून व्यवसायीको परिचयपत्रको प्रमाणित प्रतिलिपि,
  • क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) वा Work Permit/Study permit को सक्कल र प्रतिलिपि।

50

सोही दिन

4.

कागजात प्रमाणीकरण

  • रीतपूर्वक भरिएको आवेदन फारम।
  • नेपाली नागरिकता र राहदानीको प्रतिलिपि। (विवाह दर्ता प्रमाणीकरणको लागि श्रीमान र श्रीमति दुवैको नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य संलग्न गर्नुपर्नेछ।)
  • आफ्नो ठेगाना लेखिएको फिर्ती खाम। (स्वयम् लिन आउने आवेदकको हकमा आवश्यक नहुने)

७०

सोही दिन

काउन्सेलर श्री नितेश सापकोटा

सम्पर्क

3435713225

5.

गैर-आवासीय नेपाली परिचय पत्र

गैर आवासीय नेपाली (नेपाली मूलको विदेशी नागरिक) परिचयपत्र का लागि:

  • क्यानडाको राहदानी र certificate of Canadian citizenship को प्रतिलिपि ,
  • नेपालको नागरिकता परित्याग गरेको प्रमाणका साथै नेपाली नागरिकता र राहदानीको प्रतिलिपि,
  • बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाण पत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,
  • नेपाल भन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
  • नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,
  • हालसालै खिँचिएको पासपोर्ट साईजको एक प्रति फोटो र सादा कागजमा हस्ताक्षरको नमुना।

गैर आवासीय परिचयपत्र (विदेशमा वस्ने नेपाली नागरिक) का लागि:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
    नेपाली राहदानीको प्रतिलिपि (लगातार २ वर्ष क्यानडामा रहेको प्रमाण समेत पेश गर्नुपर्ने),
  • विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
  • विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात,
  • कुनै अन्तर्राष्ट्रिय संघ, संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात,
  • हालसालै खिचिएको पासपोर्ट साईजको एक प्रति फोटो र सादा कागजमा हस्ताक्षरको नमुना।

730

100

4

दिन

तृतीय सचिव

श्री सरद ढुगांना

सम्पर्क

6133147089

६.

नो अबजेक्सन पत्र (मृतकको शव वा अस्तु लैजान)

  • अन्त्येष्टि गृह (funeral home/crematorium) ले दूतावासलाई सम्बोधन गरी लेखेको अनुमतिपत्र,
  • मृतकको राहदानी र क्यानडाको भिसाको प्रतिलिपि,
  • मृत्यु दर्ताको प्रतिलिपि,
  • Certificate for shipment, statement of death, medical certificate of death लगायतका कागजातहरूको प्रतिलिपि,
  • मृतकको परिवारको सहमति पत्रको प्रतिलिपि,
  • अन्त्येष्टि गृहबाट शव/अस्तु लैजान जारी गरिएको पत्र।

निःशुल्क

सोही दिन

द्वितीय सचिव

श्री प्रेमप्रसाद बराल

सम्पर्क

3435724789

७.

अन्य कन्सुलर कार्यहरु

नेपाली नागरिकका कन्सुलर सम्बन्धी अन्य समस्या/विषयहरु (व्यक्ति हराएको, थुना परेको वा प्रहरीले प्रकिएको वा अन्य दुर्घटनाका विषयहरु) दूतावासलाई सम्पर्क गरी जानकारी गराउन सकिनेछ। दूतावासले यस विषयमा आवश्यकता अनुसार क्यानडाको सम्बन्धित निकायहरुसँग समन्वय गरी सहजीकरण गर्नेछ।

निःशुल्क

प्रकृति अनुसार समय लाग्ने

८.

Visa

  • Printed copy of the “Online Visa Application” confirmation page,
  • Original Passport with at least 6 months of validity,
  • Visa fee in the form of Money Order or Bank Draft in the name of the Embassy of Nepal, Ottawa. Applicants submitting visa application in person may pay the fee by debit card.
  • A prepaid self-addressed express return envelope with tracking number.

Additional Instructions for Travel Document Holders:

  • Sponsorship Letter from a Nepali Citizen addressed to the Embassy of Nepal, Ottawa is required to process visa applications. The sponsorship letter needs to be signed by the sponsor and must contain contact details (mobile and email) of her/him.
  • A copy of the citizenship certificate of the sponsor/ Nepali Citizen is also needed.
  • The applicants must select 'Refugee (as defined in Article 1)' in Country category, while submitting the application online.
  • Please provide your phone number in the printed application form (by writing with hand in the printed application) so that the embassy would be able to contact the applicants, if needed.

15 days

CAD 45

30 Days

CAD 70

90 Days

CAD180

4 working days

Minimum 2 weeks in case of Travel document holders

Third Secretary

Mr. Sarad Dhungana

Contact

613-680-5513

Counsellor

Mr. Nitesh Sapkota

Contact

613-680-5513

नोटः

नेपाली राजदूतावास

ओटावा, क्यानडा

४०८ क्वीन स्ट्रीट, ओटावा, अन्टेरियो (K1R 5A7)

फोन नं. +१ ६१३ ६८० ५५१३

इमेल:

राहदानी तथा कन्सुलरसम्बन्धी विषयहरूका लागिः nepalepp@gmail.com

भिसा सम्बन्धी विषयहरूका लागिः nepalvisaottawa@gmail.com