बारम्बार सोधिने प्रश्नहरू
राहदानी सम्बन्धी
1. राहदानी बनाउन के गर्नुपर्छ?
अनलाइन फाराम घरमै बसी कम्प्युटर वा मोबाइलबाट भर्न सकिन्छ। फाराम भर्दा सकभर आफैं भर्नुहोस् र सबै विवरण फरक नपर्ने गरी ठीकसँग भर्नुहोस्। फाराम भर्दा आफूलाई सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय, राहदानी विभाग वा विदेशमा भए सम्बन्धित दूतावास/कन्सुलेट लाई Enrolment Centre छनौट गरी आफूलाई उपयुक्त हुने मिति र समयमा Appointment तय गरी फाराम भर्नु पर्दछ। फाराम भर्दा दिइएको मार्गदर्शन अनुसार भरी फाराम बुझाउने (Submit) र उक्त फाराम बुझाएपछि तपाइँले बारकोड तथा QR कोड सहितको फारामको पूर्ण प्रति प्राप्त गर्नुहुनेछ। उक्त फाराम प्रिन्ट गरी निर्धारित समयमा दर्ता केन्द्रमा आउनुहोस्। प्रिन्ट गर्ने सुविधा नभएमा तपाइको मोबाइल फोनमा सुरक्षित गरी त्यसलाई लिएर आउँदा पनि हुन्छ। मोबाइलमा लिएर आउँदा सक्कल फाराम लिएर आउनु होला (screenshot होइन )।
(ख) फाराम भरे पछि उक्त फाराम तथा अन्य आवश्यक कागजहरू सहित तोकिएको मितिमा ओटावास्थित नेपाली राजदूतावास गई राहदानी आवेदन दर्ता गर्नु पर्दछ। राहदानी आवेदन दर्ता गर्न १. फाराम रुजू गर्ने → २. राजस्व भुक्तानी गर्ने , र→ ३. दर्ता गर्ने (फोटो खिच्ने र जैविक विवरण दिने) कार्य गर्नु पर्दछ।
(ग) नयाँ बनेर आउने राहदानी हुलाक मार्फत् प्राप्त गर्न सकिनेछ। यसको लागि आफ्नो ठेगाना लेखिएको pre-paid खाम र पुरानो राहदानी आवेदन गर्दाको बखत दूतावासमा बुझाउनुपर्नेछ। आफैं आएर राहदानी लिने व्यक्तिको हकमा खाम बुझाउनुपर्ने छैन्।
(घ) नयाँ राहदानी लिँदा वा नवीकरण गर्दा वा अन्य जुनसुकै अवस्थामा राहदानी बनाउँदा पनि सोही प्रक्रिया अपनाउनु पर्दछ।
2. नयाँ राहदानी बनेर आउन कति समय लाग्छ?
3. राहदानी बनाउन कहिले आउने?
4. मेरो राहदानी हरायो मैले राहदानी बनाउन के गर्नुपर्छ?
5. राहदानी बनाउन कति राजस्व तिर्नुपर्छ?
6. राहदानी शुल्क अनलाइनबाट तिर्न मिल्छ?
७. मलाई राहदानी छिटो चाहिएको छ। मैले के गर्नुपर्छ?
८. राहदानी आवेदनका लागि date उपलब्ध छैन। फारम कसरी भर्ने?
दूतावासले सामान्य १ महिनाको लागि मात्र फाराम भर्ने स्लट खोल्छ। उदाहरणको लागि मार्च महिनाको अन्त्यतिर मात्र अप्रिल महिनाको स्लट उपलब्ध हुन्छ।
९. मेरो क्यानडा बसाइ टुङ्गियो र मसँग राहदानी छैन। मैले तत्काल नेपाल जान के गर्नुपर्ला?
10. मेरो राहदानी नेपालमा प्रिन्ट भैसकेको देखिएको छ। के अरू कसैले सो राहदानी नेपालमा बुझी मलाई पठाइदिन मिल्छ?
11. मैले राष्ट्रिय परिचयपत्र बनाउँदा biometrics दिएको थिए। सोही विवरणका आधारमा राहदानी जारी गर्न मिल्छ?
कागजात प्रमाणीकरण सम्बन्धी
1. मलाई नेपाली ड्राइभिङ्ग लाइसेन्सको को Abstract चाहिएको छ। त्यसको लागि के गर्नुपर्छ?
दूतावासले लाइसेन्सको अनुवादको रुपमा पत्र प्रदान गर्दै आएको छ। सो आवश्यक हुने व्यक्तिले तोकिएको कागजात राखी हुलाकमार्फत वा स्वयम् दूतावासमा आइ आवेदन गर्न सक्नेछन्।
2. मसँग क्यानडाले जारी गरेको कागजात छ। दूतावासबाट प्रमाणित गर्न के गर्नुपर्छ?
गैर आवासीय नेपाली परिचयपत्र सम्बन्धी
1. मैले नेपाली नागरिकता परित्याग गरेको छैन। के मैले नेपाली मूलको विदेशी नागरिकको हैसियतमा गैर आवासीय परिचयपत्र प्राप्त गर्न सक्छु?
नेपाली नागरिकता परित्याग गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ।
अन्य विषयहरू
1. मैले क्यानडाको राहदानी लिइसके। के मैले अधिकृत वारेसनामा दूतावासबाट प्रमाणित गराउन मिल्छ?
2. दूतावासले आयोजना गर्ने आगामी घुम्ती कन्सुलर सेवा क्यानडाको कुन ठाउँमा र कहिले आयोजना गरिन्छ?
3. मलाई आवश्यक परेको अन्य विषयमा जानकारीका लागि दूतावासलाई कसरी सम्पर्क गर्ने?
1. फोन मार्फतः +१ 613 680 5513
2. राहदानी तथा कन्सुलर सम्बन्धी कामका लागिः nepal.epp@gmail.com
3. अन्य विषयहरूका लागिः nepalembassy@rogers.com
दूतावासको वेबसाइटमा दूतावासका कर्मचारीहरूको नम्बर दिइएको छ। वेबसाइटमा राखिएको नम्बरमा सिधै सम्पर्क गरेर पनि जानकारी लिन सकिन्छ।
नेपाली नागरिकहरूलाई आइपर्ने अत्यावश्यक घटनाहरू (जस्तैः दुर्घटना) का बारेमा जानकारी गराउन दूतावासका द्वितीय सचिव श्री प्रेमप्रसाद बराल (सम्पर्कः ३४३-५७२-४७८९) लाई सम्पर्क गर्न सकिनेछ।
***