Passport

 

अत्यन्त जरूरी सूचना

यस राजदूतावासद्वारा Mississauga मा 11-12 मे 2024 तथा Edmonton मा 18-19 मे 2024 मा सञ्चालन गर्न लागिएको कन्सुलर सेवा शिविरको प्रयोजनका लागि मात्र 11,12,18 र 19 मे 2024  को Appointment खुल्ला गरिएको हुनाले ओटावा आउन चाहानुहुनेहरूले कृपया उक्त दिनहरुको Appointment नलिइदिनुहोला। उक्त दिनहरूमा राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ

 

नयाँ राहदानी वा राहदानी नविकरणका लागि अनलाइन आवेदन गर्दा आफ्नो कम्प्युटरको Time Zone UTC+ 5:45 (नेपाली समय) मा राख्नुहोस्।

Apply for e-Passport

विद्युतीय राहदानी (e-Passport)

 

नेपाली राजदूतावास, ओटावाबाट यस अघि जारी हुँदै आएको यन्त्रवाचक राहदानी (MRP) लाई  प्रतिस्थापन गर्दै यही मिति २०७९ वैशाख ६ गते (तदनुसार अप्रिल १९, २०२२) देखि लागू हुने गरी विद्युतीय राहदानी (e-Passport) को आवेदन लिने कार्य शुरु भएको छ ।

विद्युतीय राहदानी आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरिकाः

 

  • आफू रहे-बसेको स्थानबाट कम्प्युटरमार्फत् प्रि-इनरोलमेन्ट गर्न सकिने।
  • राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np/ लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
  • पहिलो पटक राहदानी लिन (First Issuance)
  • म्याद सकिएको राहदानी नवीकरण गर्न (Renewal)
  • हराएको/चोरिएको राहदानीको सट्टामा (Replacement- Lost/Stolen)
  • बिग्रेको राहदानीको सट्टामा (Replacement-Damaged)
  • त्यसपछि Ordinary 34 pages / Ordinary 66 pages अप्सन मध्येमा आफूलाई जुन चाहिने हो सो अप्सन क्लिक गर्ने ।
  • त्यस पश्चात् उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरू भर्ने। हाललाई क्यानडामा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं. राख्नु नपर्ने।
  • तत् पश्चात् आफ्नो नागरिकता प्रमाणपत्रको अगाडि-पछाडि दुबै पेज, हालको राहदानीको फ्रन्ट (फोटो तथा व्यक्तिगत विवरण भएको पेज २ र  ३) र ब्याक पेज (पेज ३0 र ३१) तथा अन्य सान्दर्भिक कागजातहरू छुट्टाछुट्टै स्कयान गरी अपलोड गर्ने ।
  • त्यस पश्चात् Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Ottawa अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।
  • तत् पश्चात् फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने। बुंकिग गरेको मिति र समयमा राजदूतावासमा Live Enrollment का लागि निवेदक स्वयं यो फाराम लिएर आउनुपर्नेछ ।

 

प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरू:

 

  • नागरिकता प्रमाणपत्रको पहिलो र दोश्रो पेज छुट्टाछुट्टै ।
  • हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज २ र ३) तथा ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै ।
  • हालको राहदानी हराएकाको हकमा प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन।
  • नाबालकको हकमा राहदानी नवीकरणका लागि आवेदन गर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नाबालक परियचपत्र तथा बुबा-आमाको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र।

 

 

बुकिंग गरेको मिति र समयमा Live Enrollment का लागि राजदूतावास आउँदा ल्याउनुपर्ने कागजातहरू:

 

  • रीतपूर्वक अनलाइन प्रि इनरोलमेन्ट गरी प्राप्त बारकोड सहितको फारामको प्रिन्ट।
  • नागरिकताको प्रमाणपत्रको सक्कल वा नोटोराइज्ड प्रतिलिपि।
  • पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।
  • हालको राहदानी हराएकाको हकमा प्रहरी प्रतिवेदन।
  • नाबालकको हकमा नाबालक परियचपत्र तथा बुबा-आमाको नागरिकताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाणपत्र।
  • tracking number सहितको prepaid self-addressed express return envelope।
  • राहदानी शुल्क बापतको रकम डेबिट कार्डद्वारा भुक्तानी गर्न सकिने अथवा Embassy of Nepal, Ottawa को नामको Money Order/ Bank Draft पेश गर्न सकिने।
  • क्यानडाको स्थायी बासिन्दा परिचयपत्र (Permanent Resident Card) को सक्कल तथा प्रतिलिपि।

 

 

राहदानी शुल्कः

क्र.सं. राहदानीको प्रकार शुल्क
साधारण राहदानी (३४/६६पृष्ठ) क्या.ड. २२०।-
हराएको/चोरिएको/विग्रेको राहदानीको सट्टामा नयाँ राहदानी (३४/६६पृष्ठ) क्या.ड. ४४०।-
१० वर्षभन्दा कम उमेरका नाबालकको साधारण राहदानी (३४/६६पृष्ठ) क्या.ड. ११०।-
१० वर्षभन्दा कम उमेरका नाबालकको हराएको/चोरिएको/विग्रेको राहदानीको सट्टामा नयाँ राहदानी (३४/६६पृष्ठ) क्या.ड. २२०।-
एकतर्फी यात्रा अनुमतिपत्र क्या.ड. ७५।-

 

राहदानी वितरणः

  • विद्युतीय राहदानी (e-Passport) आवेदन गरेको मितिदेखि साधारणतया २-३ महिनाभित्र वितरण गरिनेछ।
  • राहदानी विभागबाट राहदानी प्राप्त भएपछि prepaid self-addressed express return envelope बुझाउनुहुने आवेदकहरूलाई सो envelope मार्फत् राहदानी पठाइनेछ।

 

अन्य महत्वपूर्ण जानकारीः

  • Live enrollment गरिने भएकोले राहदानी नवीकरणका लागि फोटो ल्याउनु नपर्ने।
  • विद्युतीय राहदानी (e-Passport) आवेदनका लागि प्रि-इनरोलमेन्ट फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आँउदा तोकिएको मिति र समयमा मात्र आउनुपर्ने। पूर्वनिर्धारित मिति र समय (appointment) बिना राहदानी नवीकरणका लागि राजदूतावासमा आउने सेवाग्राहीहरूको आवेदन उपर कारबाही नहुने।
  • हाल प्रचलनमा रहेको यन्त्रवाचक राहदानी (MRP) को म्याद रहेसम्म प्रयोग गर्न सकिने हुनाले बहाल अवधि रहँदा सम्म विद्युतीय राहदानी (e-Passport) को लागि आवेदन दिनु नपर्ने ।
  • पुरानो राहदानीको पाना सकिएको, म्याद सकिएको वा म्याद सकिन ६ महिना बाँकी रहँदा मात्र राहदानी नवीकरणका लागि आवेदन गर्न सकिने। यदि म्याद सकिन ६ महिना भन्दा बढी अवधि बाँकी रहँदै नवीकरण गर्नुपरेमा अध्ययनरत संस्थाको सिफारिस पत्र वा वर्क-पर्मिटको प्रकृया सम्बन्धी कागजात पेश गर्नुपर्ने।
  • विद्युतीय राहदानी (e-Passport) का बारेमा थप जानकारी आवश्यक परेमा राहदानी बिभागको वेबसाईट https://nepalpassport.gov.np/ https://emrtds.nepalpassport.gov.np/, यस राजदूतावासको वेबसाईट र फेसबुक पेजमा राखिने सूचनाहरू हेर्दै गर्नुहोला ।